ट्याङ्करले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ट्याङ्करले अटोलाई ठक्कर दिँदा दुई भारतीय नागरिकको मृत्यु


१७ पुस २०८०, मंगलबार


काठमाडौँ । रौतहटमा ट्याङ्करले अटोलाई ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ ।

गएराति पूर्व-पश्चिम राजमार्गको चन्द्रपुर-५ चिडियादह चोक नजिक सर्लाही जाँदै गरेको प्रदेश २-०३-००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्याङ्करले पूर्वतर्फ आउँदै गरेको ज १ ह ४४८५ नम्बरको अटोलाइ ठक्कर दिँदा अटोमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी भारतको सितामाढी जिल्ला डुमरी बस्ने ३५ वर्षीय पिंकु सिंह र सोही गाउँ बस्ने २२ वर्षीय अवधेश झा को मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

मृतक दुवै अङ्ग्रेजी नयाँ वर्ष मनाउन चन्द्रपुर-१ स्थित वाग्मतीको नुनथर आएका थिए । प्रहरीले ट्याङ्कर चालक दुर्गा भगवती गाउँपालिका-६ गंगापिपराका २६ वर्षीय प्रविण साहलाई नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस