एक अर्बभन्दा बढी बिगो र जरिवानासहित जयसवाललाई ८ वर्ष कैद « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एक अर्बभन्दा बढी बिगो र जरिवानासहित जयसवाललाई ८ वर्ष कैद


१६ पुस २०८०, सोमबार


काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दोषी ठहर भएका प्रमोदकुमार जयसवाललाई ८ वर्ष कैद तथा एक अर्ब रुपैयाँभन्दा बिगो र जरिवाना हुने फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठसहितको इजलासले सोमबार कसुर निर्धारण गर्दै जयसवाललाई ४१ करोड ५१ लाख ६९ हजार २ सय ७५ रुपैयाँ बिगो र बिगोको दोब्बर ८३ करोड ३ लाख ३८ हजार ८ सय ५० रुपैयाँ जरिवाना तिराउने फैसला गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

प्रवक्ता कार्कीका अनुसार उक्त कसुरमा अर्का प्रतिवादी पप्पु ठाकुरलाई ३ करोड ६७ लाख १४ हजार रुपैयाँ बिगो, ७ करोड ३४ लाख २८ हजार जरिवाना र ५ वर्ष कैद हुने फैसला भएको छ ।

नक्कली कागजातका आधारमा फर्म खडा गरेर नेपाली रुपैयाँ विदेश लगेको आरोप उनीहरूमाथि थियो । सो आरोपमा जयसवाल र ठाकुर यसअघि नै दोषी ठहर भएका थिए भने आज सजाय सुनाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस