२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रको ‘रूपान्तरण अभियान’ आज समापन हुँदै

अ+ अ-

काठमाडौँ । संगठन सशक्तीकरणका लागि सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आज सकिँदैछ । 

गएको भदौ १६ गतेदेखि चार महिनासम्म सञ्चालन भएको अभियानअन्तर्गत माओवादी केन्द्रले सातै प्रदेशका ७५३ वटै स्थानीय तह र ६७४३ वटै वडासम्म अभियान सञ्चालन गरेको हो । सोमबार चार महिनासम्म चलेको अभियानको समीक्षा गर्दै अभियानको समापन गर्ने कार्यक्रम रहेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए । उनका अनुसार आज अभियानको अन्तिम दिन सम्बन्धित कमिटीहरूले बैठक, भेला बोलाउने र अभियानको समीक्षा गर्नेछन् । 

माओवादीको साउनमा बसेको बैठकले तीन महिनासम्म मात्रै अभियान सञ्चालन गर्ने योजना बनाए पनि मंसिर १६ मा जनताको समर्थन रहेको भन्दै थप एक महिना लम्ब्याउने निर्णय गरेको थियो । 

अभियानअन्तर्गत पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल नै स्थानीय तह र वडास्तरका कार्यक्रममा समेत सहभागी भएर सम्बोधन गरेका थिए । 

अभियानको अवधिमा पार्टीका सबै तहका कमिटीको बैठक, प्रशिक्षण र भेला लगायतका गतिविधि भएका छन् भने जिल्ला र पालिकास्तरमा पार्टीका नेताहरू खटिएर संगठनमा जागरण भर्ने काम गरेका छन् । पार्टीले एक पालिकामा कम्तिमा एक जना नेता खटाउने निर्णय नै गरेको थियो । 

देशभर माओवादीका ७ लाख ५२ हजार ९५६ जना सदस्य रहेका छन् ।