१९ विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन जडान गर्ने तयारी  « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

१९ विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन जडान गर्ने तयारी 


१५ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकसाथ १९ वटा आन्तरिक विमानस्थलमा ब्यागेज चेक गर्ने एक्स-रे मेसिन जडान गर्ने भएको छ ।

मेसिन जडान गर्न आवश्यक सामग्रीहरू खरिद गर्ने काम भइसकेको र आगामी तीन महिनाभित्र सञ्चालनमा ल्याउने तयारी रहेको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार लुक्ला, रामेछापसहितका विमानस्थलमा यस्तो मेसिन जडान गर्न लागिएको छ । यसले हवाई सुरक्षा अभिवृद्धि हुने र यात्रु तथा वायुयान कम्पनीलाई समेत सहयोग पुग्ने उनको भनाइ छ ।

भरतपुर, सिमरा, राजविराज तथा तुम्लिङटार विमानस्थलमा नयाँ फायर फाइटिङ भेहिकल खरिद गर्ने काम सुरु भएको समेत उनले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस