स्वच्छ छवि भएका र कुनै अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने काँग्रेसको निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्वच्छ छवि भएका र कुनै अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने काँग्रेसको निर्णय


१५ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा यसपटक नयाँलाई अवसर दिने निर्णय गरेको छ । 

केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जातीय क्षेत्रीय र सन्तुलनलाई समेत ध्यान दिएर पार्टीमा योगदान पुर्‍याएका व्यक्तिलाई अवसर दिने बताए ।

उनले भने, पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान गर्न सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध र स्वच्छ छवि भएका हालसम्म कुनै अवसर नपाएका र विभिन्न कारणबाट अवसरबाट वञ्चित भएका योग्य तथा व्यक्ति अवसर दिन्छ ।

बैठकले राष्ट्रियसभामा गठबन्धन गरेर जाने पनि निर्णय गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस