ग्राउन्ड ह्यान्डिलिङ खोस्ने कोसिस नगर्न प्राधिकरणलाई मन्त्री किरातीको चेतावनी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ग्राउन्ड ह्यान्डिलिङ खोस्ने कोसिस नगर्न प्राधिकरणलाई मन्त्री किरातीको चेतावनी


१५ पुस २०८०, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउन्ड ह्यान्डलिङ सेवा नखोसिने स्पष्ट पारेका छन् ।

आइतबार नेपाल नागरिक उड्डयन नागरिक प्राधिकरणको २५ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै उनले पटक-पटक निगमको यो सेवा खोस्ने कोसिस नगर्न प्राधिकरणलाई चेतावनी दिए ।

‘राज्यले तपाईंहरुलाई जे जिम्मेवारी दिएको छ, त्यो जिम्मेवारीपूर्वक गर्नुहोस्, नेवानिले पाएको अधिकार खोस्ने कुरा पटक-पटक नगर्नुहोस्,’ उनले भने, ‘म चेतावनी दिन चाहन्छु,अब यो कुरा उठेमा त्यो राज्यको नीति माथि नै प्रश्न हुनेछ ।’

उनले नेवानि सच्चिनु पर्ने अवस्था रहेको भन्दै त्यसमा सरकारले काम गरिरहेको समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस