मधेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मधेशबाट राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस


१५ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको मधेश प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि नाम सिफारिस गरेको छ ।

मधेश प्रदेश समितिले वरिष्ठता, कार्यक्षमता, समावेशी समानुपातिकको आधारमा नाम सिफारिस गरेको जनाएको छ ।प्राथमिकताक्रम निर्धारण गरेर सात नेताको नाम पठाइएको मधेश काँग्रेस प्रचार विभागले जनाएको छ ।

वरिष्ठताको आधारमा पठाइएको सम्भावित सूचीको पहिलो नम्बरमा आनन्दप्रसाद ढुङ्गानालाई राखिएको छ । केन्द्रीय सदस्य ढुङ्गा अनुशासन समितिका संयोजक समेत हुन् । समानुपातिकतर्फको बन्द सूचीमा रहेका ढुङ्गानाको नाम सूचीबाट फिर्ता गरिएको थियो ।

सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई प्राथमिकता क्रममा दोस्रो स्थानमा नाम राखेर पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस