आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

आज सुनको मूल्य घट्यो, चाँदीको स्थिर


१५ पुस २०८०, आइतबार


सुन

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज पनि सुनको मूल्य घटेको जानकारी दिएको छ । महासङ्घले आजको मूल्य सूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ५०० रुपैयाँ छ । जुन, गत साताको शुक्रबार तोलामा १ लाख २० हजार ७०० रुपैयाँ थियो । यस्तै, गत साता १ लाख २० हजार १०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज १ लाख १९ हजार ९०० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । यो गत साताको शुक्रबारको मूल्य हो । महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस