मानव सभ्यताको विकाससँग जोडिएका संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मानव सभ्यताको विकाससँग जोडिएका संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल


१५ पुस २०८०, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले मुलुकमा सबै समुदायका मौलिक संस्कृतिको संरक्षणबाट सामाजिक एकता अभिवृद्धिका साथै राष्ट्रिय एकतालाई थप बलियो बनाउन सहयोग पुग्ने बताएका छन् ।   

तमु ल्होसारका अवसरमा आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले विभिन्न जातजातिकाले परम्परागत रूपमा मनाउँदै आएका पर्वको जगेर्नाबाट नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी  सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताए । बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले  बताए । 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्दै अध्यक्ष नेपालले समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस