तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ : देउवा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको छ : देउवा


१५ पुस २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गुरुङ समुदायको पर्व ‘तमु ल्होसार’का अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका तमु समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा नेपाली काँग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेका छन् ।

सभापति देउवाले तमु जातिले नयाँ वर्षको रूपमा मनाउने ल्होसारले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको बताए । यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने उनले आज जारी गरेको सन्देशमा उल्लेख छ । सन्देशमा उनले तमु ल्होसारले धर्म, संस्कृति, र परम्पराको संरक्षणमा लाग्न प्रेरित गरेको बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस