वनभोज खाने टोली बोकेको बस दुर्घटना हुँदा २० जना घाइते « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

वनभोज खाने टोली बोकेको बस दुर्घटना हुँदा २० जना घाइते


१५ पुस २०८०, आइतबार


काठमाडौँ । दाङमा आज बिहान बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बर्दियाबाट वनभोजका लागि दाङ जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस आज बिहान राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डस्थित झञ्ज्याङ नजिकै दुर्घटनामा परेको हो। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुरप्रशाद पोखरेलका अनुसारका घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुर र बाँकेको नेपालगञ्ज पठाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस