बालकुमारी घटनामा दुई युवक मारिएकोमा सरकार गम्भीर बनेको छ : रेखा शर्मा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालकुमारी घटनामा दुई युवक मारिएकोमा सरकार गम्भीर बनेको छ : रेखा शर्मा


१४ पुस २०८०, शनिबार


काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार बालकुमारीमा प्रहरीको गोलीबाट दुई युवा मारिएको विषयमा सरकार गम्भीर बनेको बताएकी छिन् ।

शनिबार बसेको मन्त्रीपरिषद् बैठकको निर्णयबारे जानकारी गराउन गरिएको पत्रकार भेटघाटमा उनले सो घटनालाई सरकारले गम्भीरतापूर्वक लिएकाले छानबिन समिति बनाएको र केही कर्मचारीलाई निलम्बन गरिएको जानकारी दिइन् । 

मन्त्री शर्माले भनिन्,‘केही सुरक्षा कमजोरी भएको छ । मन्त्रीज्यूको गाडीलाई टार्गेट गरिएको भन्दापनि स्वतः स्फूर्त रुपमा जुलुस भएको हो । करिब ३ बजे अदालतको पूर्ण फैसला आउने भन्दापनि ठिक ढङ्गले सञ्चार गर्न सकिएन । आन्दोलनमा उत्तेजना हुने गर्छ । सुरक्षा संयमता अपनाउनुपर्छ भन्नेमा हामीले गम्भीर ढङ्गले छलफल पनि गरेका छौँ । त्यसमा केही कमजोरी भयो भनेरै गोली चलाउन आदेश दिने डीएसपी, पीएसओ, उपसचिवलगायतका कर्मचारी निलम्बित भएका छन् ।’

सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै उनले छानबिन प्रक्रियालाई अघि बढाइएको जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस