डा. प्रकाशशरण महतसहित पाँच मन्त्रीद्वारा कार्यप्रगति विवरण पेस  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

डा. प्रकाशशरण महतसहित पाँच मन्त्रीद्वारा कार्यप्रगति विवरण पेस 


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसबाट संघीय सरकारमा मन्त्रीहरूले कार्यप्रगति विवरण पेस गरेका छन् । बिहीबारदेखि बसेको केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार पाँच जना मन्त्रीहरूले सरकारमा सहभागी भएपछि अहिलेसम्म गरेको कामको फेहरिस्त पेस गरेका हुन् । 

अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, सहरी विकासमन्त्री सीता गुरुङ, युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकारमा सहभागी भएपछि अहिलेसम्म गरेका कामको प्रगतिबारे पार्टीलाई जानकारी गराएका हुन् । बिहीबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारमा आफूले गरेका कामबारे जानकारी गराएका थिए ।

अब उद्योगमन्त्री रमेश रिजाल, उपसभापति एवम् उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङले सरकारमा बसेर गरेका कामबारे जानकारी गराउन बाँकी छ ।

बैठकमा नेताहरुले सरकारले एक वर्षसम्म काम गर्दा जनतामा आशा जगाउन नसकेको गुनासो गरिरहेका छन् । शुक्रबारको बैठकमा ४० जना केन्द्रीय सदस्य र केही प्रदेश सभापतिहरूले धारणा राखेका छन् ।

अर्को बैठक शनिबार दिउँसो साढे १२ बजे बस्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस