बालकुमारी घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बालकुमारी घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । दुई जनाको मृत्यु हुने गरी बालकुमारीमा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनाएको हो । 

समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शन गरेका युवाहरूले मन्त्रीको गाडीमा आगजनी गरेपछि झडप भएको थियो भने प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसक्रममा दुई जनाको मृत्यु भएको छ भने केही पक्राउ परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस