वाईवाईको ट्रेडमार्क नक्कल नगर्न र बजारमा पठाइएका पनि फर्काउन करेन्टलाई आदेश « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

वाईवाईको ट्रेडमार्क नक्कल नगर्न र बजारमा पठाइएका पनि फर्काउन करेन्टलाई आदेश


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्रीवितरण गर्न रोक लगाएको छ । उच्च अदालत पाटनको संयुक्त इजलासले यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालिन आदेश जारी गरेको हो ।

यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सीजी फुड्स उक्त कार्य तत्काल रोक्ने माग गर्दै अदालत गएको थियो । चार दशक लगाएर वाईवाईले नेपाल र अन्तर्राष्ट्रिय जगतमा समेत आर्जन गरेको ख्यातीलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले ट्रेडमार्क नक्कल गरेको सीजी फुड्सको भनाइ छ ।

यशोदा फुड्सले वाईवाईको नक्कल गरी उक्त नक्कललाई आफ्नो ट्रेडमार्कका रूपमा दर्ता गर्न समेत कोसिस गरेको थियो । अदालतले यशोदा फुड्सको उक्त आवेदन नम्बर ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ । अदालतको यस आदेशले वाईवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ

Tags :
प्रतिक्रिया दिनुहोस