ओलीले भने-अहिलेको सरकारले जनतालाई समृद्धि र सुशासन दिन सकेन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ओलीले भने-अहिलेको सरकारले जनतालाई समृद्धि र सुशासन दिन सकेन


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपहाडी क्षेत्रका जनतालाई अहिलेको सरकारले समृद्धि र सुशासन दिन नसकेको बताएका छन् ।

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा रहेको भीमोदय माध्यमिक विद्यालयको स्वर्णमहोत्सवको उद्घाटन कार्यक्रममा सहभागी हुन चितवन पुगेका उनले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मध्यपहाडी क्षेत्रका जनताले समृद्धि र सुशासन माग गरेका बताएका हुन् ।

‘मध्यपहाडका जनताले सुशासन चाहियो, समृद्धि चाहियो भनेका छन्, उनले भने,‘उहाँको भनाइ चाहिँ अहिलेको सरकारले सुशासन र समृद्धि दिन सकेन भन्ने थियो ।’

Tags :
प्रतिक्रिया दिनुहोस