विराटनगरमा फोडियो एभरेष्ट बैंकको एटिएम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विराटनगरमा फोडियो एभरेष्ट बैंकको एटिएम


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ । विराटनगरमा एभरेष्ट बैंकको एटिएम मेसिन फोडिएको छ । चोरी गर्ने उद्देश्यले एक व्यक्तिले बिहीबार राति बैंकको विराटनगर शाखा कार्यालय अगाडि राखेको एटिएम मेसिन फुटाएका हुन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार एटिएम मेसिन फुटाएर चोरीको प्रयास भएको हो । तर सो व्यक्तिले एटिएम फुटाए पनि रुपैयाँ भने निकाल्न नसकेको भट्टराईले बताए ।

सिसिटिभी फुटेजको आधारमा घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ प्रहरीले जनाएको छ ।

गत ३० कात्तिकमा पनि विराटनगरको मुख्य बजार महेन्द्र चोकमा नबिल बैंकका एटिएम फोडेर चोरीको प्रयास भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस