सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


१३ पुस २०८०, शुक्रबार


काठमाडौँ ।  आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  आज सुनको मूल्य तोलामा एक हजार तीन सय रुपैयाँले घटेर एक लाख २० हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

 हिजो बिहीवार एक हजार तीन सय रुपैयाँले बढेर तोलाको एक लाख २२ हजार रुपैयाँ कारोबार भएको थियो । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । ३५ रुपैयाँले घटेर चाँदी आज तोलाको एक हजार चार सय ५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । हिजो  चाँदीको मूल्य  १५ रुपैयाँले बढेर एक हजार चार सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस