ललितपुर नेपाल सुपर लिगको फाइनलमा, उपाधिका लागि धनगढीसँग खेल्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

ललितपुर नेपाल सुपर लिगको फाइनलमा, उपाधिका लागि धनगढीसँग खेल्ने


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । ललितपुर सीटीएफसी नेपाल सुपर लिग फुटबलको फाइनलमा पुगेको छ । बिहीबार साँझ दशरथ रङ्गशालामा भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटिले पोखरा थन्डर्सलाई २-१ ले हरायो । ललितपुरको जितमा कुशल देउवाले निर्णायक गोल गरे ।

निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा कुशलले गोल गरेका थिए । उनले ९९ औँ मिनेटमा गोल गरे ।

त्यसअघि पहिलो हाफको इन्जुरी समयमा ललितपुरले पहिलो गोल गरेको थियो भने पोखराले ७१ औँ मिनेटमा खेल बराबरीमा ल्याएको थियो । ललितपुरले अब उपाधिका लागि धनगढी एफसीसँग खेल्ने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस