एनसेलमा पैसा नखाने संसद्का कुनै समिति छैनन्, नबोले बापत पनि खान्छन् : चन्द्र भण्डारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एनसेलमा पैसा नखाने संसद्का कुनै समिति छैनन्, नबोले बापत पनि खान्छन् : चन्द्र भण्डारी


१२ पुस २०८०, बिहिबार


काठमाडौँ। नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले एनसेल प्रकरणमा उच्च राजनीतिक र प्रशासनिक नेतृत्व मात्र नभएर संसद्का समितिहरू पनि पैसामा बिकेको आरोप लगाएका छन् ।

एनसेल शेयर बिक्रीबारे प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा सांसद भण्डारीले अधिकार क्षेत्र मिचेर कतिपय समितिले यसबारे निर्णय गरेको भन्दै सबैले पैसा खाएको आरोप लगाएका हुन् ।

भण्डारीले भने,‘विगतमा पनि मैले देखेको छु र भोगेको छु । अर्को समितिले गएर निर्णय गरेको छ । पैसा नखाने त कुनै पनि समिति नै भएनन् । मौन बस्न पनि यिनले पैसा माग्ने विगतमा मैले देखेको छु ।’

भण्डारीले अधिकारविहीन समितिहरूको चहलपहल र बहसमा कुनै खोट रहेको दाबी गरे । अहिलेसम्म एनसेल प्रकरणमा राज्य व्यवस्था समिति र लेखा समितिले छलफल गरेर निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस