घरजग्गा कारोबारको हदबन्दी सम्बोधन गर्छु : मन्त्री श्रेष्ठ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

घरजग्गा कारोबारको हदबन्दी सम्बोधन गर्छु : मन्त्री श्रेष्ठ


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले घरजग्गा कारोबारमा रहेको हदबन्दीको समस्या सम्बोधन गर्नेतर्फ मन्त्रालय प्रयत्नरत रहेको बताएकी छन् ।

बिहीबारबाट काठमाडौँमा शुरु भएको आठौँ घरजग्गा मेलाको उद्घाटन गर्दै उनले भूमि व्यवस्था मन्त्रालयको अधिकार क्षेत्रअन्तर्गत पर्ने विषयमा मन्त्रालयले निरन्तर रूपमा कानूनी सुधारका कार्यहरू गर्दै आएको बताइन् ।

रियल स्टेट क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मन्त्रालयले राम्रोसँग बुझेको र सोहीअनुसार काम गरिरहेको उनको भनाइ छ ।

उनले भनिन्, ‘भूउपयोग ऐन, २०७६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकारबाट जारी भएको भूउपयोग नियमावली, २०७९ मा पहिलो संशोधन गरी कित्ता काटको प्रक्रियालाई सहजीकरण गरिएको छ । साथै रियल स्टेट क्षेत्रको विकासमा महत्त्वपूर्ण प्रभाव पार्ने जग्गाको हदबन्दी हटाउने विषयलाई मैले राम्रोसँग बुझेको छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस