युगाण्डा जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

युगाण्डा जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अफ्रिकी राष्ट्र युगाण्डाको भ्रमणमा जाने भएका छन् ।

माघको पहिलो साता असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी युगाण्डा जान लागेका हुन् ।

प्रधानमन्त्रीको युगाण्डा भ्रमणको आवश्यक तयारी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले परराष्ट्र मन्त्रालयलाई भनिसकेको छ । यसैअनुसार परराष्ट्रले पनि भ्रमणको तयारी सुरु गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस