जनतालाई बोलीबाट नभई कामबाट नतिजा दिनुपर्नेमा मन्त्री गुरुङको जोड « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

जनतालाई बोलीबाट नभई कामबाट नतिजा दिनुपर्नेमा मन्त्री गुरुङको जोड


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेतृत्वको बोलीबाट नभई नागरिकले कामबाट परिवर्तन खोजेको बताएका छन्।

स्याङ्जाको चापाकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको आज बिहान चापाकोट–६ मोहमीस्थित साँखर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने,’बोलीबाट नभई नागरिकलाई कामबाट नतिजा दिनुपर्छ’, उनले भने,’नेतृत्वको परीक्षण कामको मूल्याङ्कनबाट गर्ने भएकाले परिणाम आउने गरी काममा ध्यान दिनु जरुरी छ ।’

छोटो सम्बोधन गरेका मन्त्री गुरुङले स्थानीय सरकारका रूपमा चापाकोट नगरपालिकाले गाउँ-गाउँका नागरिकलाई लक्षित गरी वडा-वडामा विशेषज्ञसहितको स्वास्थ्य सेवाको पहुँच पुर्‍याएर नागरिकको स्वास्थ्यप्रति सचेत रहेको बताएका छन् ।

स्याङ्जाको चापाकोट नगरपालिकाले प्रत्येक वडामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्न सुरु गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस