प्रधानमन्त्री कप महिला क्रिकेट : मधेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री कप महिला क्रिकेट : मधेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँमा जारी प्रधानमन्त्री कप महिला टी-२० क्रिकेट अन्तर्गत मधेस प्रदेशले लुम्बिनीलाई ८ विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

जितसँगै मधेस प्रदेश ६ खेलबाट ४ अङ्क बनाउँदो तालिकाको छैटौँ तथा समान खेलबाट ४ अङ्क बनाएको लुम्बिनी पाँचौँ स्थानमा रहेको छ । लुम्बिनी प्रदेशले दिएको ९७ रनको लक्ष्य मधेश प्रदेशले २ विकेट गुमाएर १८.५ ओभरमा पूरा गरेको थियो ।

मधेसलाई जिताउने क्रममा पुजा महतोले नटआउट ६० रनको अर्धशतकीय पारि खेलिन् । उनले ५९ बलमा ५ चौका प्रहार गरिन् ।

यसैगरी अनुराधा चौधरीले १७ रन बनाउँदा प्रतिमा साहले २ रन बनाइन् । सरस्वती कुमारीले १२ रनको नटआउट पारि खेलिन् । लुम्बिनीका लागि कमला जिएम र सुस्मिता भुसालले एक एक विकेट लिए । पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले नटआउट ६४ रन बनाइन् । उनले ६४ बल फेस गदा २ छक्का र ८ चौका प्रहार गरिन् । सरस्वती जिएम १० रनमा रनआउट भइन् । अन्य खेलाडीको प्रदर्शन उल्लेख्य रहेन । मधेश प्रदेशकी साक्षी यादवले २ विकेट लिँदा पुजा महतो, आरती महतो र कविता गौतमले एक एक विकेट लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस