सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सुनको मूल्य तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । आज तोलामै १ हजार ३ सय रुपैयाँ बढेको हो ।

यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ४ सय ९० रुपैयाँ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस