नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम सर्ट लिस्टमा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम सर्ट लिस्टमा


११ पुस २०८०, बुधबार


काठमाडौँ । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम सर्ट लिस्टमा परेको छ । कोषको रिक्त कार्यकारी निर्देशकका लागि पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पङ्गेनी, विश्व मोहन अधिकारी र डा। शिवहरि श्रेष्ठको नाम सर्ट लिस्टमा परेको छ । 

सर्ट लिस्टमा परेका ५ जनामध्ये कार्कीको अन्तरवार्ता तथा प्रस्तुतीकरण पुस १७ गते मङ्गलवार ९ बजे, पण्डितको १० बजे, पङ्गेनीको ११ बजे, अधिकारीको ३ बजे र श्रेष्ठको ४ बजे हुने भएको छ । 

कोषको कार्यालय नयाँ बानेश्वरमा अन्तरवार्ता तथा प्रस्तुतीकरण हुने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस