एक लाख ७५ हजार घुस लिने प्रहरी जवानसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

एक लाख ७५ हजार घुस लिने प्रहरी जवानसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा


११ पुस २०८०, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी जवान सञ्जीव धवलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सेवाग्राहीबाट एक लाख ७५ हजार रुपैयाँ घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासीका तत्कालीन जवान धवलसहित तीन जनाविरुद्ध बुधबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

सोही आरोपमा धवलसहित चितवनको भरतपुर महानगरपालिका-८ का अर्जुन प्रसाद शर्मा र सोही महानगरपालिका-२१ का इन्द्रलाल श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस