डिएसपी केसीविरुद्धको भ्रष्टाचार मुद्दामा बयान फेर्ने जिसीविरुद्ध १८ लाख बिगो दाबी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

डिएसपी केसीविरुद्धको भ्रष्टाचार मुद्दामा बयान फेर्ने जिसीविरुद्ध १८ लाख बिगो दाबी


११ पुस २०८०, बुधबार


अख्तियार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० का खीलेन्द्र सिंह जिसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

रुपन्देहीको बुटवलस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा बयान फेरेको आरोपमा मुद्दा दायर गरिएको हो ।

खीलेन्द्रलाई प्रहरी नायव उपरीक्षक केसीको साक्षीको रूपमा अदालतमा पेस गरिएको थियो । खीलेन्द्रले घुससम्बन्धी मुद्दामा अदालतमा गई बयान फेरेका कारण उनीविरुद्ध विशेष अदालत काठमाडौँमा बुधबार अख्तियारले मुद्दा दायर गरेको हो ।

दायर गरिएको मुद्दामा अख्तियारले खीलेन्द्रसँग १८ लाख रुपैयाँ बिगो दाबी गरेको छ । उनले कागजको प्रतिकूल हुने गरी विशेष अदालत काठमाडौँसमक्ष वकपत्र गरेपछि उनीविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस