काठमाडौँ महानगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काठमाडौँ महानगरपालिकामा पनि स्वास्थ्य बीमा कार्यक्रम सुरु


११ पुस २०८०, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा अब स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुने भएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न बुधबार काठमाडौँ महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति पत्रमा उल्लेख छ ।

अब महानगरपालिकाभित्रका स्वास्थ्य प्रवर्द्धन केन्द्रहरू बीमा बोर्डमा सूचीकृत हुनेछन् र बीमा अन्तर्गतको स्वास्थ्य उपचार दिन थाल्नेछन् । यी केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरूमा पठाइने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस