एनसेल खरिद विक्री विरुद्ध शान्ति समाजले प्रदर्शन गर्ने « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एनसेल खरिद विक्री विरुद्ध शान्ति समाजले प्रदर्शन गर्ने


११ पुस २०८०, बुधबार


काठमाडौँ। एनसेल खरिद बिक्री विरुद्ध मानव अधिकार तथा शान्ति समाजले राजधानीमा प्रदर्शन गर्ने भएको छ । प्रदर्शन धर्ना कार्यक्रम आगामी शुक्रबार दिउँसो १ बजे राजधानीको माइतीघर मण्डलामा सुरु हुने बताइएको छ ।

यस्तै,राज्य विरुद्ध अपराधको रुपमा रहेको एनसेल महाघोटाला प्रकरणबारे विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्न, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण गराउन, राज्यलाई ठूलो हानी नोक्सानीबाट जोगाउन, र एनसेल महाघोटाला प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न आग्रहसहित प्रदर्शन गर्ने भएको हो ।

एनसेल खरिद विक्री प्रकरणमा शीर्ष नेताहरू नै संलग्न रहेको र बारम्बार यो समाचार प्रकाशनमा आएकोले विश्वसनीय न्यायिक छानबिन आयोगको तत्काल गठन गर्न समेत माग गरिएको छ । प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरूको सहभागिता रहने छ ।

यस्तै,कार्यक्रममा सहभागी हुन सम्पूर्ण मिडियाका सञ्चारकर्मीहरूलाई आमन्त्रण गरिएको छ । यस्तै,कार्यक्रममा सहभागी हुन सम्पूर्ण मिडियाका सञ्चारकर्मीहरूलाई आग्रह समेत गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस