नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेकपा एसको केन्द्रीय कमिटी बैठक आजदेखि


११ पुस २०८०, बुधबार


काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सुरु हुनेछ ।  

शुक्रबारसम्म चल्ने बैठकमा पार्टीको विधान हेरफेरका साथै आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण सम्बन्धी छलफल हुने महासचिव घनश्याम भुसालले बताए । 

उनका अनुसार देशभर पार्टी सङ्गठनको अवस्था, पार्टीको आन्तरिक विवाद, समसामयिक परिस्थितिबारे पनि छलफल गरिने छ । 

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची समेत रहेको भुसालले बताए  । 

विधान संशोधन गर्न एकीकृत समाजवादीले आगामी माघ १४ र १५ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस