१० मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

१० मेगावाट सौर्य ऊर्जा उत्पादन सुरु


१० पुस २०८०, मंगलबार


काठमाडौँ । झापामा सौर्य ऊर्जा उत्पादन सुरु भएको छ । १० मेगावाट क्षमताको झापा इनर्जीले मंगलवारबाट ऊर्जा उत्पादन सुरु गरेको हो ।

शिवसताक्षी-४ मा रहेको परियोजनाबाट उत्पादित ऊर्जालाई परीक्षणका लागि नेपाल विद्युत् प्राविधिकरणको बुलोचोक शवस्टेशनमा जडान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साँझ ६ बजे शवस्टेशनमा जडान गरिएको हो ।

बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईँ, कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराई, विद्युत् व्यापार विभागका तर्फबाट ई. सिताराम सिग्देल, विद्युत् प्राधिकरणका कोशी प्रदेश कार्यालयका ई.साजन महर्जन, आसुहाङ राई, विद्युत् प्राधिकरण दमकका ई. हरि तिवारी, परियोजनाका क्न्ट्याक्टर कुवेरमणी नेपाल, ई.अभिषेक पराजुलीको उपस्थितिमा शवस्टेशनमा जडान गरिएको हो ।

१५ दिनसम्म परीक्षणकालिन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन भइरहने कम्पनीको भनाई छ ।

८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो । २१ बिगाहा जमिनमा फैलिएको परियोजनाको निर्माण सम्पन्न भएको बताइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस