प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता खारेज गरौँ : डा. शेखर कोइराला  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता खारेज गरौँ : डा. शेखर कोइराला 


१० पुस २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा उल्लेख भएअनुसार प्रदेश र स्थानीय तहलाई अधिकार नदिने भए संघीयता नै खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलबार मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित लीलाभक्त राम आधारभूत विद्यालयको दुई कोठे भवनको उद्घाटन गर्दै उनले राजनैतिक दलका नेताहरूको अकर्मण्यताका कारण अहिले गणतन्त्र, संघियता र धर्म निरपेक्षताबारे जनताले आक्रोश व्यक्त गरिरहेको बताए ।

नेता कोइरालाले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको र सुशासन दिन नसकिएकोले जनतामा निराशा छाएको टिप्पणी गरे । उद्योगहरू बन्द हुने अवस्थामा पुगिरहेको बेला विद्युतको बक्यौताका नाममा चलिरहेको उद्योग बन्द गराउने सरकारको नीति गलत भएकाले डेडिकेटेड र ट्रङ्क लाइन विवादबारे छिटो निर्क्योलमा पुग्न आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस