लाखौँ भूमिहीनहरूलाई एकसाथ जग्गाधनी प्रमाणपत्र दिने सरकारको तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लाखौँ भूमिहीनहरूलाई एकसाथ जग्गाधनी प्रमाणपत्र दिने सरकारको तयारी


१० पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले लाखौँ भूमिहीन, सुकुम्वासी, अव्यवस्थित बसोबासी र स्वबासीहरूको समस्या समाधान गर्न एकसाथ जग्गाधनी प्रमाणपत्र दिने तयारीमा रहेको बताएका छन् ।

मङ्गलवार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म करिब १० लाख भूमिहीनको लगत सङ्कलन भइसकेको जानकारी दिए । जग्गा वितरणका लागि ४१ हजार हेक्टर जग्गा वितरणको लागि नाप नक्साङ्कन गरिएको उनको भनाइ छ । साथै, कानुनी जटिलता फुकाउन वन ऐन र भूमि ऐन संशोधन तथा राजस्वमा ५० प्रतिशत छूटको निर्णय तत्काल गरिन लागेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

‘हरेक वर्ष राष्ट्रिय पर्वकै जस्तो पुरानै समयमा पुरानै माग लिएर उखु किसानले आन्दोलन गर्नुपर्ने विडम्बनापूर्ण अवस्थाको अब अन्त्य भएको छ। उखु उत्पादक कृषकहरूलाई प्रतिक्विन्टल रु। ७० अनुदान पाउने गरी उखुको खरिद मूल्य रु ६३५ प्रतिक्विन्टल तोकिएको छ,’ उनले भने, ‘उखु उत्पादक किसानहरूको बक्यौता अनुदान रकम रु १ अर्ब ३२ करोड अनुदान वितरणको व्यवस्था मिलाइएको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस