विद्युत् लाइन काटेपछि विभिन्न उद्योगका १२ हजारभन्दा बढी श्रमिक प्रभावित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विद्युत् लाइन काटेपछि विभिन्न उद्योगका १२ हजारभन्दा बढी श्रमिक प्रभावित


१० पुस २०८०, मंगलबार


काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादका कारण विभिन्न उद्योगका १२ हजारभन्दा बढी श्रमिक प्रभावित भएका छन्। आफूहरूको दैनिक ज्याला उनीहरू आन्दोलनमा उत्रिएका छन् ।

नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिरेको भन्दै हालसम्म नौ वटा उद्योगको लाइन काटेको छ। लाइन काटेको कारण उद्योग नचलेपछि १२ हजारभन्दा बढी श्रमिक प्रभावित भएको उद्योगीहरूले बताएका छन्।

अहिलेसम्म प्राधिकरणले नौ वटा ठुला उद्योगको लाइन काटिसकेको छ। जसमा जगदम्बा स्टिल्स, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, त्रिवेणी स्पिनिङ मिल्स, अशोक स्टिल र सोनापुर मिनरल्स एन्ड आयल उद्योगको लाइन काटिएको छ।

सम्बन्धित समाचार : प्राधिकरणले काट्यो ९ वटा उद्योगको लाइन

यीमध्ये जगदम्बा स्टिलमा मात्रै चार हजार श्रमिक आबद्ध छन्। रिलायन्स स्पिनिङ मिल्समा तीन हजार ५०० बढी श्रमिक आबद्ध छन्। अन्य ७ वटा उद्योगमा पाँच हजार बढी नियमित काम गर्ने श्रमिक रहेको बताइएको छ। ठूलो संख्यामा दैनिक ज्यालादारी मजदुर पनि प्रभावित भएको उनीहरूको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस