‘आँखा बन्द गरेर नेपालमा केही पनि छैन भनेर सोच्यो भने केही पनि देखिँदैन’ « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

‘आँखा बन्द गरेर नेपालमा केही पनि छैन भनेर सोच्यो भने केही पनि देखिँदैन’


१० पुस २०८०, मंगलबार


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आँखा बन्द गरेर नेपालमा केही पनि छैन भनेर सोचे केही पनि नदेखिने बताएका छन् ।

मङ्गलवार चितवनको सौराहमा हात्ती महोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले आँखा बन्द गरेर नेपालमा केही पनि छैन भनेर सोच्यो भने केही पनि नदेखिने बताएका हुन् ।

‘आँखा बन्द गरेर नेपालमा केही पनि छैन भनेर सोच्यो भने केही पनि देखिँदैन । यो देशमा धेरै गर्न वाकी भएको हुनाले अवसर पनि यही देशमा छ । त्यो अवसरलाई युवा पुस्ताले सदुपयोग गर्न म अनुरोध गर्न चाहन्छु’, अर्थमन्त्री महतले भने, ‘हाल आर्थिक तथ्याङकहरुले देशको अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको छ । विगतमा कुनै राजनीतितक उद्देश्य राखेर जुन खाले प्रचार भयो । अब देशका आर्थिक सुचांकहरुले अर्थतन्त्र सकारात्मक बाटोमा गइरहेको देखाएको छ । र अब यो अवसरलाई सबैले सदुपयोग गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस