६१ दिन पुर्‍याइयो त्रिभुवन विमानस्थलका सीसीटीभी क्यामेराको स्टोरेज क्षमता « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

६१ दिन पुर्‍याइयो त्रिभुवन विमानस्थलका सीसीटीभी क्यामेराको स्टोरेज क्षमता


१० पुस २०८०, मंगलबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जडित सीसीटीभी क्यामेराको स्टोरेज क्षमता ६१ दिन पुर्‍याइएको विमानस्थल प्रशासनले स्पष्टीकरण दिएको छ । यसअघि विमानस्थलमा जडित सीसीटीभी फुटेज २१ दिनदेखि नरहेको विषयमा समाचार प्रकाशित भएको थियो ।

विमानस्थलभित्र ५ सय वटा सीसीटीभी क्यामेरा जडान भएको र त्यसमध्ये केहीको स्टोरेज २१ दिन मात्र रहेको स्वीकार कार्यालयले गरेको छ । त्यसलाई विस्तार गरी अहिले भने ६१ दिन पुर्‍याइएको कार्यालयले जनाएको छ ।

यसअघि बढीमा २९ दिनसम्म स्टोरेज क्षमता मात्र रहने गरेकोमा यस आवबाट क्षमता ३ महिनासम्मको हुने गरी काम थालिएको विमानस्थलकाले जनाएको छ ।

सम्बन्धित समाचार : विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड नपाएको सुन छानबिन टोलीको गुनासो 

Tags :
प्रतिक्रिया दिनुहोस