मौलिक संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सम्पन्न बनाएको छ : माधव नेपाल  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मौलिक संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सम्पन्न बनाएको छ : माधव नेपाल 


१० पुस २०८०, मंगलबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति र समुदायका फरक संस्कृतिले समग्र राष्ट्रलाई सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् । 

अध्यक्ष नेपालले ज्यापु दिवस तथा उधौली पर्वका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मौलिक विशेषता बोकेका फरक संस्कृति एवं परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गरेका छन् । 

पूर्वप्रधानमन्त्री अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका फरक भाषा, साहित्य, कला र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिकरूपमा सम्पन्न बनाएको उल्लेख गरेका छन् ।  सन्देशमा बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस