तीन सहसचिवका लागि सम्भाव्य उपसचिवको नामावली प्रकाशित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

तीन सहसचिवका लागि सम्भाव्य उपसचिवको नामावली प्रकाशित


९ पुस २०८०, सोमबार


काठमाडौँ । तीन सहसचिवका लागि सम्भाव्य उपसचिवको नामावली प्रकाशित गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवा सम्भाव्य उम्मेदवारहरूको कार्यक्षमताको आधारमा योग्यताक्रमसहित नामावली सार्वजनिक गरेको हो । परराष्ट्र सेवातर्फ दुई जना सहसचिवका लागि चार जनाको आवेदन परेको छ भने कृषि सेवातर्फ एक सहसचिवका लागि ६ जनाको आवेदन परेको छ ।

परराष्ट्र सेवातर्फ कार्यक्षमताको आधारमा उपसचिव विष्णुप्रसाद गौतम र तीर्थराज अर्याल नाम क्रमशः एक र दुई नम्बरमा छ भने कृषि सेवातर्फ एग्री इको मार्केटिङ एण्ड स्टाटिस्टिक्स समूहका उपसचिव टीकाराम शर्मा एक नम्बरमा छन् ।

यस्तै परराष्ट्र सेवातर्फ मणिरत्न शर्मा र लोक बहादुर पौडेल क्षेत्रीले आवेदन दिएका थिए । तर उनीहरू गौतम र अर्यालभन्दा पछाडि छन् । यसैगरी कृषि सेवातर्फ शर्मासँगै शंकरप्रशाद साह, ललन कुमार सिंह, बद्रीप्रसाद दाहाल, कलशराम चौधरी र सुनिल कुमार सिंहले आवेदन दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस