प्राधिकरणले काट्यो ९ वटा उद्योगको लाइन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्राधिकरणले काट्यो ९ वटा उद्योगको लाइन


९ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ४ दिनमा ९ वटा उद्योगको लाइन काटिएको छ । ५२ वटा उद्योगको लाइन क्रमशः काट्ने तयारीमा नेपाल विद्युत् प्राधिकरण रहेको छ । ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग बक्यौता ६१ वटा उद्योगले तिर्न बाँकी रहेको प्राधिकरणले बताएको छ ।

गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ४ वटा ठूला लाइन काटेको थियो । जसमा जगदम्बा स्टिल ४ अर्ब १४ करोड, घोराही सिमेन्ट १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सले १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टले १ अर्ब ३० करोड बक्यौता तिर्न बाँकी रहेको छ ।

आइतबार राति दुई चरणमा गरेर ५ वटा ठूला उद्योगको लाइन प्राधिकरणले काटेको हो । सर्वोत्तम सिमेन्ट, लक्ष्मी स्टिल, अशोक स्टिल, सोनापुर मिनरल्स एण्ड आयल प्रालि र त्रिवेणी स्पिनिङ मिल्सको बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटेको हो ।

लक्ष्मी स्टिलले ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टले ६८ करोड ९० लाख, अशोक स्टिलले ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलले ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सले ८६ करोड ९० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको छ ।

९ वटा उद्योगको ११ अर्बभन्दा धेरै बक्यौता तिर्नुपर्ने रहेको छ । भने ६१ वटा उद्योगको समयमा नै विद्युतको शुल्क नतिरिरहेको लाग्ने जरिवाना सहित २५ अर्ब बक्यौता तिर्न बाँकी रहेको छ ।

उद्योगीहरूको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघले भने आज एक विज्ञप्ति निकालेर सरकार र निजी क्षेत्र बक्यौताको विषयमा पूर्ण जानकार रहेको र समस्या समाधानका लागि तत्पर रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस