अवरुद्ध बिपी राजमार्ग सञ्चालन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अवरुद्ध बिपी राजमार्ग सञ्चालन


९ पुस २०८०, सोमबार


मन्थली (रामेछाप) । सिन्धुलीको सुनकोसी गाउँपालिकामा भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएपछि स्थानीयले बसमा आजगजी गरेकाले अवरुद्ध बनेको बिपी राजमार्ग सञ्चालनमा आएको छ । अवरुद्ध राजमार्ग केहिबेर अघिदेखी सञ्चालनमा आएको हो ।

मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको थियो ।

आज बिहान रामेछापको मन्थलीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४५९३ नं को अरनिको यातायात सेवा प्रालिको बसले काठमाडौँबाट खुर्कोट जाँदै गरेको बा६०प ३५४५ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका-१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको थियो ।

त्यसैगरी सो मोटरसाइकल चालक खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका-२ का कुमार राईको पनि उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

सम्बन्धित समाचार : मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए

सम्बन्धित समाचार : बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस