आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने तयारीमा नार्क « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने तयारीमा नार्क


९ पुस २०८०, सोमबार


काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आर्थिक वर्ष २०८१-८२ को लागि योजना तर्जुमाका विभिन्न कार्यक्रमहरू तय गरेको छ ।

नार्कले आगामी आर्थिक वर्षका लागि गाउँस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, प्रदेशस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, राष्ट्रियस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, विभिन्न विषय वा समूहका कार्य समूह बैठक, परियोजना लेखन, अनलाइन समीक्षा, परियोजना समीक्षा गोष्ठी, समग्र बजेट कार्यक्रम प्रस्तुति र राइटशपलगायत विभिन्न कार्यक्रम तय गरेको हो ।

नार्कले प्रत्येक वर्ष अनुसन्धानका सवाल पहिचान गर्ने र पहिचान भएका सवाल प्राथमिकीकरण गर्ने र परियोजना निर्माण गर्ने गर्दै आएको छ । परियोजना आन्तरिक र बाह्य विज्ञबाट समीक्षा गरिने भएकाले योजना तर्जुमाका कार्यक्रमहरू केही छिटो सञ्चालन गर्ने गरिएको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस