१७ वर्षपछि मध्य रातमान पुनः स्थापना गरियो राजा वीरेन्द्रको शालिक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

१७ वर्षपछि मध्य रातमान पुनः स्थापना गरियो राजा वीरेन्द्रको शालिक


९ पुस २०८०, सोमबार


काठमाडौँ। पोखरामा गए राति राजा वीरेन्द्र वीर विक्रम शाहको शालिक पुनः स्थापना गरिएको छ ।

पोखरा महानगरपालिका-१० वीरेन्द्र चोकमा गए राती २ बजे राजा वीरेन्द्रको शालिक राखिएको हो । उक्त ठाउँ वडा नम्बर १०, १४ र १५ को सङ्गम स्थल पर्छ ।

वडा प्रहरी कार्यालय राम बजारका अनुसार २ युवाले गए राती उक्त ठाउँमा सालिक राखेका हुन् । उक्त ठाउँमा २०६२-६३ अघि राजा वीरेन्द्रको शालिक थियो ।

करिब २५ लाख खर्चेर राजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस