आरती साह मृत्यु प्रकरणमा मोतीबाबु पुनः पक्राउ « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

आरती साह मृत्यु प्रकरणमा मोतीबाबु पुनः पक्राउ


९ पुस २०८०, सोमबार


काठमाडौँ। आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साह पुनः पक्राउ परेका छन् ।

सोमबार बिहान ११ बजे मोतीबाबुलाई प्रहरीले जनकपुरधामको सीता चोकस्थित सगुन ग्यालेक्सी होटेलबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको छ ।

सर्वोच्च अदालतले गत मंसिर २० मा आरतीका पति मोतीबाबुलाई पुनः पक्राउ गरी थुनामा पठाउन आदेश दिएको थियो । गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापा चोकस्थित घरमामा आरती मृत अवस्थामा फेला परेकी थिइन् ।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरिएको थियो ।

जिल्ला अदालतले उनी दुवै जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत जनकपुरको आदेशमा उनीहरू साधारण तारिखमा रिहा भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस