मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मोटरसाइकललाई ठक्कर दिने बस स्थानीयले जलाए


९ पुस २०८०, सोमबार


काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ स्थित बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिने बसमा स्थानीयले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको बस स्थानीयले जलाएको सुनकोशी गाउँपालिकाकी अध्यक्ष दिपा बोहोराले प्रशासनलाई बताइन् ।

बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बा ६० प ३५४५ नम्बरको मोटरसाइकल चालक हलेसी तुवाचुङ नगरपालिका-२ बस्ने ४५ वर्षीय कुमार राई र खोटाङको दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राई छन् ।

सम्बन्धित समाचार : बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

Tags :
प्रतिक्रिया दिनुहोस