११ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

११ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद


८ पुस २०८०, आइतबार


काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण सुनसरीले ११ लाख रुपैयाँ बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।

गणले विभिन्न सीमा इलाकाबाट भन्सार छली नेपाल भित्र्याइएका मूल्य ११ लाख तीन हजार ११० रुपैयाँ बराबरको अवैध समान र सवारी साधन बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । 

सीमापार अपराध तथा अवैध चोरी तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल सुनसरीले सीमा क्षेत्रमा अहोरात्र टोली परिचालन गरेको छ ।

सोही अनुसार परिचालन हुँदा सप्रबल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर, बिओपी लौकही, बिओपी उल्टी, बिओपी लाही, बिओपी घुस्की, बिओपी साहेवगंज, बिओपी अमडुवा र बिओपी हार्वोनीबाट खटि गएको टोलिले सुनसरी जिल्लाको विभिन्न सीमावर्ती इलाकामा भारतीय बजारबाट लुकिछिपि भन्सार छलि नेपाल भित्राइएका लत्ताकपडा, किराना सामान, प्याज, चिनी, सुर्ती, रजनीगन्धा, खोर्सानी, मो.सा र साइकलका पार्टस सहित मो.सा. र अटो बरामद गरेको छ।उक्त बरामद सामानहरू आवश्यक कारवाहीको लागि सुनसरी मूल भन्सार कार्यालय सेतुबन्धमा बुझाइए प्रहरीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस