रवि लामिछानेलाई खोया प्रहार गर्नेविरुद्ध चलाइयो अभद्र व्यवहारमा मुद्दा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रवि लामिछानेलाई खोया प्रहार गर्नेविरुद्ध चलाइयो अभद्र व्यवहारमा मुद्दा


८ पुस २०८०, आइतबार


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई खोया प्रहार गर्नेविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ ।

लमजुङका सन्तोष रानाभाटले शनिबार अमरसिंह चौरमा रास्वपाको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लामिछानेलाई खोया प्रहार गरेका थिए । 

लामिछानेले कार्यक्रमबाटै उनलाई छाडिदिन आग्रह गरे पनि खोया हानेका कारण नभई प्रहरीलाई अपशब्द बोलेपछि प्रहरी आफैँले प्रतिवेदन बनाएर उनीमाथि मुद्दा चलाएको बताइएको छ ।

लामिछाने मञ्चमा बोलिरहेको अवस्थामा ३४ वर्षीय रानाभाट मकैको खोया हानेर भाग्न खोजेका थिए । उनी भाग्न थालेपछि प्रहरीले पक्राउ गरेर सोधपुछ गरेको थियो । तर, सम्झाउने क्रममा रानाभाटले ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गरेर गालीगलौज र हातपातको समेत प्रयास गरेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस