विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड नपाएको सुन छानबिन टोलीको गुनासो  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विमानस्थलको ३ महिनाको सीसीटीभी रेकर्ड नपाएको सुन छानबिन टोलीको गुनासो 


८ पुस २०८०, आइतबार


काठमाडौँ । सुन तस्करी प्रकरणको अनुसन्धान गर्न गठित प्रमुख भन्सार अधिकृत मणिराम पौडेल नेतृत्वको टोलीले छानबिनका लागि माग गरेअनुसारका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज नपाएको पाइएको छ ।

समितिले छानबिनका क्रममा विमानस्थलको आगमनतर्फको पछिल्लो तीन महिनाको सीसी टिभी रेकर्ड माग गरेको थियो । तर, ब्याकअपको सीमितता भन्दै २१ दिनसम्मको मात्रै रेकर्ड पाइएको समितिले जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले २२ मंसिरमा दूबईबाट आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । उनको बयानका आधारमा गोरखाका मीनबहादुर घलेपनि पक्राउ परेका थिए । लगत्तै यसको छानबिनका लागि भन्सारका प्रमुख प्रशासक टोकराज पाण्डेले पौडेल नेतृत्वको समिति गठन गरेका थिए ।

समितिले विमानस्थलको भीआईपी कक्षमा जाने सिँढीको सीसी टिभी फुजेट पनि मागेको थियो । तर, त्यहाँको सीसी क्यामरा नै ‘आउट अफ सर्भिस’ रहेको जानकारी समितिलाई दिइएको छ ।

टोलीले यसरी पटक-पटक गरेर यो गिरोहले जम्मा १३८ केजी सुन ल्याएको निष्कर्ष निकालेको छ । 

सम्बन्धित समाचार : मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको निष्कर्ष

Tags :
प्रतिक्रिया दिनुहोस