यस्तो छ एमाले सङ्कल्प यात्राको ३२ बुँदे समीक्षा (पूर्णपाठ) « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

यस्तो छ एमाले सङ्कल्प यात्राको ३२ बुँदे समीक्षा (पूर्णपाठ)


८ पुस २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट(चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको समीक्षा र समस्या औँल्याएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर यात्राको ३२ बुँदे निष्कर्ष निकालेका हुन् ।

जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको उल्लेख गर्दै ओलीले भने, ‘सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा छन् । निश्चय नै, जनताका गुनासा पनि छन्, सुझावहरू पनि छन् । कतिपय सन्दर्भमा आलोचना पनि छन् । रचनात्मक र सही गुनासा, सुझाव र आलोचनाहरूलाई ग्रहण गर्दै हामी सङ्कल्प गर्दछौँ-हामी लोकतान्त्रिक गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिने छौँ ।’

अध्यक्ष ओलीले परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्य युगतिर फर्काउन र जनताको अभिमतविनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनः स्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने बताए ।

लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नत स्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै हुन सक्ने उनले औँल्याए ।

पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस