नवनियुक्त दुई मन्त्रीले लिए शपथ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नवनियुक्त दुई मन्त्रीले लिए शपथ


८ पुस २०८०, आइतबार


काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख अमिक शेरचनले आइतबार नवनियुक्त मन्त्री काँग्रेसका सरोज थापा ‘रोज’ र माओवादीकी कृष्णा केसीलाई मन्त्री पदको शपथ गराएका हुन्।

उनीहरूलाई मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार मन्त्री नियुक्त गरेका थिए। केसीलाई सहरी विकास मन्त्रालय र थापालाई उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस